
रुकुम पश्चिम, असोज १६ । दशैं शुरु भएसँगै रुकुम पश्चिममा आपराधिक क्रियाकलापका घटनाहरु बढेका छन् । जिल्लामा चोरी, डकैती, मदिरा सेवन गरी झै–झगडा गर्ने, तोडफोड र आपराधिक क्रियाकलापहरु बढेका हुन् ।
चाडबाडको नाममा रमाइलो गर्ने बहानामा मदिराको कारोबार र सेवनले विभिन्न घटनाहरु निम्त्याएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।
महिला हिंसा, कर्तव्य ज्यान, कुटपिटलगायतका मुद्दा लिएर प्रहरी कार्यालय आउनेहरु बढेको जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको तथ्यांकले देखाएको छ । अपराराधिक क्रियाकलापमा प्रायः १६ बर्षदेखि २५ बर्ष उमेर समूहकाहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्