नागढुंगाबाट पेस्तोलसहित दुईजना पक्राउ • Image Khabar Image Khabar


नागढुंगाबाट पेस्तोलसहित दुईजना पक्राउ


Imagekhabar
१४ आश्विन २०७६, मंगलवार १९:४९

नागढुंगाबाट पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं, असोज १४ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, नागढुंगाबाट कटुवा पेस्तोल र गोलीसहित दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी, धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ, घोराही नगरपालिका–९ का २० वर्षीय उज्वल गिरी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ख ९९८८ नम्बरको बस जाँच गर्नेक्रममा बसमा सवार शैलेशका साथमा कटुवा पेस्तोल र सोही बसमा सवार उज्वलको साथमा सोही पेस्तोलको गोली एकथान फेलापारेको थियो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

लागुऔषधसहित दुई भारतीय नियन्त्रणमा

यसैबीच, काठमाडौं महानगरपालिका–१४, स्युचाटारबाट नियन्त्रित लागुऔषध डाइजेल्याब ९६ एम्पुल, नुर्फिन ९६ एम्पुल र फेनरागन ९५ एम्पुलसहित दुईजनालाई मंगलबारै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, मधुवन घर भएका २० वर्षीय सरेग मण्डल र सोही ठाउँका २० वर्षीय सुनिलकुमार चौधरी रहेका छन् ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषध फेलापरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्