Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


लाङटाङ क्षेत्रका होटलहरु अब १२ महिना सञ्चालन हुने


0
Shares

काठमाडौं, चैत २० । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटलहरु अब १२ महिना सञ्चालन हुने भएका छन् ।

गोसाइँकुण्ड जाने पर्यटकको सुविधाका लागि सो क्षेत्रका होटलहरु बाह्रै महिना खुल्न लागेका हुन् ।

निकुञ्ज क्षेत्रमा टेन्डर प्रकृयाबाट सञ्चालित उच्च क्षेत्रका होटलहरुले यात्रु तथा पर्यटकबाट बढी रकम लिएको गुनासो बढेको थियो ।

गुनासा सम्बोधनका लागि बाह्रै महिना होटल खोल्न, होटलमा मेनु अनिवार्य राख्न, यात्रु तथा पर्यटकहरुलाई अनिवार्य प्यान बिल दिन निर्देशन दिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले वर्गीकरण गरिएका होटल तथा स्थान अनुसार तोकेको दर रेट अनुसार होटल बाह्रै महिना सञ्चालन गरेको नदेखिएमा वा ठगिएको गुनासो आएमा कारबाही हुने लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमखु संरक्षण अधिकृत शुष्मा रानाले जानकारी दिनुभयो ।

Skip This