९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


बेलायतको विश्वविद्यालयमा ठडियो वातावरण अभियन्ता थनबर्गको शालिक, आलोचनाको उत्तिकै वर्षा


0
Shares

UK greta thunberg university statue

काठमाडौं, चैत १८ । बेलायतको एक विश्वविद्यालयमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत स्वीडिस अभियन्ता ग्रेटा थनबर्गको पूर्णकदको शालिक स्थापना गरिएको छ ।

कतिपयले भने थनबर्गको यस्तो शालिक बनाउनु फजुल खर्च भएको भन्दै आलोचना गरेका छन् । शालिक स्थापनाका लागि खर्च गरिएको पैसा राम्रो काम लगाउन सकिन्थ्यो भन्ने तर्क उनीहरुको छ ।

मूर्ति निर्माण गर्न लागेको ३३ हजार डलर (नेरु ३८ लाख ६१ हजार) त योभन्दा राम्रो काममा खर्चन सकिन्थ्यो, उनीहरुले भनेका छन् । मंगलबार दक्षिणी इग्ल्याण्डको विनचेस्टर भूनिभर्सिटीमा उक्त शालिक स्थापित गरिएको थियो ।

विश्वविद्यालयले भने यसलाई ‘स्थिरता र सामाजिक न्यायका लागि चल्दै आएको प्रतिवद्धता’ को प्रतीक भएको जनाएको छ ।

सोही विश्वविद्यालयको कलेज यूनियनले भने कोरोनाको समयमा यस्तो काम गर्नुलाई ‘विलासी र औचित्यहीन परियोजना’ को करार दिएको छ । कोरोनाको कहरमा परेका विद्यार्थीहरुलाई सहयोगको आवश्यकता रहेका बेला यस्ता औचित्यहीन काममा खर्च गर्नु आपत्तिजनक रहेको यूनियनका अध्यक्ष मेगन बलले बताए ।

१८ वर्षीया थनबर्गले शालिक नै बनाउनुपर्ने कुनै काम नगरेको भन्दै उनीभन्दा धेरै महत्वपूर्ण मुद्दामा काम गर्ने मानिस थुप्रै रहेको उनको भनाइ छ ।