Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु


0
Shares

बारा । कोल्हबी नगरपालिका-१ निकासमा हिजो बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना भने घाइते भएका छन् ।

ना ५४ प ६८ ५१ नम्बरको मोटरसाइकल र ज ७ प ६० ३६ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे आपसमा ठोक्किएका थिए ।

६८ ५१ नम्बरको मोटरसाइकल चालक कोल्हबी नगरपालिका ६ अधनवाका १८ वर्षीय बिकाश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका सोही मोटरसाइकलमा पछाडी सवार ४५ वर्षीय रामचन्द्र चौधरीको उपचार पारस अस्पताल कोल्हबीमा भइरहेको छ ।

अर्को मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ ।