२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बाइपास सर्जरी सफल भएपछि कोविन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

कोविन्दले मंगलबार बाइपास सर्जरी गरिएको थियो । २६ मार्चमा मुटु दुखेपछि उहाँलाई आर्मी अस्पतालमा भर्ना गरिएको थियो । तर, पछि शल्यक्रिया नै गर्नुपर्ने भएपछि एम्समा भर्ना गरिएको थियो ।