काठमाडौं । गौतम समुहले ओगटेको सार्वजनिक जग्गामा चन्द्रगिरी नगरपालिकाले डोजर लगाएको छ ।
चन्द्रगिरि नगरपालिकाको वडा नम्बर ३ स्थित त्रिवेणी खोलामा चूडामणि गौतम समूहले गैरकानुनी ढंगले सार्वजनिक जग्गा अतिक्रमण गरेको थियो ।
सोही ठाँउमा गौतम समुहले पर्खाल समेत लगाएको थियो । नगरपालिकाले डोजर चलाई पर्खाल भत्काउन थालेको हो ।
इमेज च्यानलबाट समाचार प्रसारण भएपछि सो क्षेत्रमा नगरपालिकाले जग्गा फिर्ताको लागि पहल गर्दै आज डोजर लगाएको हो ।









प्रतिक्रिया दिनुहोस्