
बैतडी । नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय अध्यक्षमा चतुरबहादुर चन्द अत्याधिक मतले विजयी भएपछि उनको गृह जिल्ला बैतडीमा खुसीयाली मनाइएको छ ।
प्यानल नै विजयी भएको चन्द नेतृत्वको नयाँ टीमले नेपाली क्रिकेटको विकास गर्न सफल रहोस भनेर दीप प्रज्वलनसमेत गरिएको छ ।
उद्योग वाणिज्य संघको अगुवाईमा भएको कार्यक्रममा व्यापारी, बुद्धिजीवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
चन्दको जितले नेपाली क्रिकेटको विकास हुने आशा पलाएको उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए ।
सुदूरपश्चिमको बैतडी क्रिकेटको उर्वर भूमी भएको र यसै भूमीले क्रिकेटको नेतृत्व पाएकाले क्रिकेटको विकास हुने उनले बताए ।
अन्तर्रािष्ट्रय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्