काठमाडौं । कप्तान पारस खड्काको उत्कृष्ट शतकसँगै नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा घरेलु टोलीमाथि नौं विकेटको शानदार जित निकालेको छ ।
सिरिज अन्तगर्त हिजो भएको दोस्रो खेलमा कप्तान खड्का र आरिफ शेखको उतकृष्ट साझेदारीसँगै नेपालले सिंगापुरमाथि ९ विकेटको शानदार जित निकालेको हो ।
इन्डियन एसोसियसन मैदानमा कप्तान खड्काले ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्काको मदतमा १ सय ६ रन बनाए ।
टि–ट्वान्टी क्रिकेटमा आजसम्मकै उत्कृष्ट साझेदारी गर्न मद्दत गरेका आरिफ शेख ३९ रनमा अविजित रहे ।
आरिफले ३८ बलमा ५ चौका प्रहार गरे । इशान पाण्डे ५ रनमा पबेलियन फर्किएपछि नेपालको इनिङ्स पारस र आरीफले सम्हालेका हुन् ।
जितसँगै नेपालले सिंगापुरविरुद्ध विश्वकप छनोटमा हारेका बदला पनि लिएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
बलिङतर्फ नेपालका लागि करण केसीले दुई विकेट लिए ।
त्यस्तै टि–ट्वान्टी क्रिकेटमा डेब्यू गरेका सुशन भारीले एक विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्