म्यानचेस्टर सिटीले एभर्टनलाई उसैको मैदानमा हरायो • Image Khabar Image Khabar


म्यानचेस्टर सिटीले एभर्टनलाई उसैको मैदानमा हरायो


Imagekhabar
१२ आश्विन २०७६, आईतवार ०७:३३

म्यानचेस्टर सिटीले एभर्टनलाई उसैको मैदानमा हरायो

काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी विजयी भएको छ ।

गएराति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।

घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए । जितसँगै सिटीको ७ खेलबाट १६ अंक रहेको छ भन लिभरपुलको २१ अंक रहेको छ ।

एभर्टनले ७ खेलमा ७ अंक जोडेको छ । एभर्टन १५ औं स्थानमा छ ।

यस्तै गएराति नै भएको इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । साम्पडोरियालाई ३–१ गोलअन्तरले हराउँदै इन्टर शीर्ष स्थानमा पुगेको हो ।

जितसँगै इन्टरले ६ खेलमा १८ अंक जोडेको छ भने लिगमा अपराजित इन्टरले दोस्रो स्थानको युभेन्टसलाई २ अंक्ले पछि पारेको छ । 

प्रतिक्रिया दिनुहोस्