टेक्सासमा भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या • Image Khabar Image Khabar


टेक्सासमा भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या


Imagekhabar
१२ आश्विन २०७६, आईतवार ०७:२८

टेक्सासमा भारतीय सिख प्रहरी अधिकारीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्सासमा भारतीय सिख प्रहरी अधिकारी सन्दीप सिंह धालीवालको गोली हानी हत्या गरिएको छ ।

ड्युटीको समयमा ट्राफिक लाइटमा कार रोकी राखेको अवस्थामा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेका हुन् । आफैं चलाएको कारमा उनीसहित एक महिला र पुरुष सवार थिए ।

धालीवाल अमेरिकामा इमान्दार ड्‍युटी अफिसरका रुपमा परिचित रहेका छन् ।

सिसिटिभी फुटेजको आधारमा धालीवालाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । धालीवाल विगत १० वर्षदेखि शिख प्रहरी विभागमा कार्यरत थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्