२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


आफ्नै बुबाबाट बलात्कृत अपांगलाई न्याय दिनै मुस्किल


0
Shares

काठमाडौं । छोरीलाई बुबासितै राख्ने र बेला बेला आमासित भेट गराउने सहमतिमा पति-पत्नीले सम्बन्ध विच्छेद गरे । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ बर्षीया छोरीलाई भेटिन्, उनकाे योनीबाट रगत बगिरहेको चाल पाइन् ।

उनले फकाइफुल्याइ सोधिन् । बालिका जन्मजात कान सुन्न सक्दिनन् । बोल्न जान्दिनन् उनले कापपीमा चित्र लेखेर आफ्नै बुबाले बलात्कार गरेको खुलाइन् । छोरीलाई लिएर उजुरी दिन आमा प्रहरीकहाँ पुगिन् । प्रहरीले उजुरी लिन मानेन । अस्पतालको रिपोर्टका आधारमा बलात्कार भएको प्रमाणसहित अधिकारकर्मी र सरोकारवालाको निरन्तर दबाबमा बल्ल जाहेरी दर्ता गर्यो ।

प्रहरीले उनीहरुसँग बालिकालाई सांकेतिक भाष सिकाउनुपर्ने सर्त राखे । मुद्दाबारे जानकार अधिवक्ता सविन श्रेष्ठका अनुसार प्रहरीले भनेको थियो, बोल्न नसकेपछि त बयाननै हुने भएन, सांकेतिक भाषा सिकाएर आफैंले बयान गरेपछि मात्रै मुद्दा लिइन्छ । अहिले ती बालिकालाई सांकेतिक भाषा सिकाइदै छ ।

कान्तिपुर