१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भुटानलाई हराउँदै बंगलादेश फाइनलमा


0
Shares

काठमाडौं, असोज १० । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एसियाली खेलकुद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत् अन्तिम चारणको प्रतिस्पर्धामा बंगलादेश पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

खेलको दोस्रो मिनेटमा नै बंगलादेशले अग्रता लियो । बंगलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।

त्यस्तै, खेलको २७औं मिनेटमा बंगलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३२औं मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बंगलादेशलाई ३–० को अग्रता दिलाएका थिए ।

भुटानविरुद्ध पहिलो हाफमा ३ गोल गरेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बंगलादेशका दीपक रोयले एक गोल गरेपछि बंगलादेशले भुटानमाथि ४–० को सहज जित हात पार्‍यो ।

भूटान समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बंगलादेश समूह ‘बी’को उपविजेताकारुपमा सेमिफाइनलमा पुगेको थियो ।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । रासस