ढोरपाटनमा गोरु काट्दै गरेका ५ जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


ढोरपाटनमा गोरु काट्दै गरेका ५ जना पक्राउ


0
Shares

बागलुङ । ढोरपाटनमा गोरु काट्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ढोरपाटन नगरपालिका–८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर विक, ४४ वर्षीय को नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मिना विक, र ३६ वर्षीय हरि परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गोरु काटेको सूचनाका आधारमा प्रहरी चौकी ढोरपाटनबाट प्रहरी खटिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।