सिरियाः शासकीय सनकमा ध्वस्त एक सुन्दर मुलुक र निरापराध नागरिकको चिहानमा उभिएका शासक « Imagekhabar – Online News Portal of Nepal


सिरियाः शासकीय सनकमा ध्वस्त एक सुन्दर मुलुक र निरापराध नागरिकको चिहानमा उभिएका शासक


0
Shares

Asad and syrian war

काठमाडौं, चैत १२ । सिरियामा राष्ट्रपति बशर अल असदको निरंकुशताविरुद्ध शुरु भएको शान्तिपूर्ण विद्रोहको एक दशक पूरा भएको छ ।

यो दश वर्षमा असदविरुद्धको आन्दोलन न त शान्तिपूर्ण रह्यो न निरंकुशता सत्ता ढाल्ने नागरिकको चाहना नै पूरा भयो । बरु अधिनायकवादी शासकको सत्ता झन् बलियो भयो ।

अल खबुर नदीमा जति पानी बहन्छ त्योभन्दा बढी आयतनमा यो दश वर्षमा त्यहाँ नागरिकको रगत बग्यो होला तर परिवर्तनको घाम झुल्किएन । त्यसको सट्टा विशुद्ध प्रजातन्त्रको अपेक्षामा चालिएको शान्तिपूर्ण आन्दोलनमा विश्व शक्तिका साम्राज्यहरु प्रवेश गरे ।

अमेरिका र रुसले क्षेत्रीय साझेदारहरुसँग मिलेर सिरियाली प्रजातन्त्रको अपेक्षा बोकेका विद्रोहीहरुलाई गिजोले । त्यही मौकामा तालिबान र आईएसआई जस्ता कट्टरपन्थी मुस्लिम लडाकूहरुले विद्रोहलाई आफ्नो पक्षमा पार्न अनेकन चाल चले ।

दमास्कस, अलेप्पो, होम्स या हामाभन्दा टाढा वासिंगटन र मस्कोमा सिरियन युद्धको उठान र बैठानका निर्णयहरु हुन थाले । रगत सिरियन दाजुभाईको बग्यो, ध्वस्त सिरियन शहरहरु भए । सभ्यता सिरियाको सकियो तर लाभ अमेरिकी र रुसी साम्राज्यवादीहरुले लिए ।

लाखौं सिरियन दाजुभाईलाई हत्या गरेर चुलिएको लाशको चिहानमा उभिएर राष्ट्रपति असदले आफूले जितेको दम्भ त गरिरहेका छन् । तर उनी आफ्नै देशका असुरक्षित रहनुपर्ने विवशता झेलिरहेका छन् ।

राष्ट्रपतिविरुद्ध दश वर्षअघि थालिएको एउटा शान्तिपूर्ण विद्रोह गृहयुद्धमा परिवर्तन मात्र भएन यसैमा परेर करिब चारदेखि ६ लाखसम्म नागरिक मारिए । शहरका शहर ध्वस्त बनाइए भने दशौं लाख मानिस थातथलो छाडेर विस्थापित बन्न बाध्य भए । दशौं हजार बालबालिका र महिला युद्धको चेपमा ज्यान गुमाउन बाध्य पारिए । जसमा करिब डेढ लाख त युद्धमा कुनै सरोकार नै नभएका व्यक्ति मारिएको बताइन्छ ।

युद्धको दोहोरो चेपमा, सत्ता र विद्रोहीको बन्दुक, गोला बारुदबाट निरापराध नागरिकहरु सोत्तर भए । मानवता, न्याय, संवेदना हराए । सत्ताले सृजना गराएको बन्धु हत्या अन्ततः पराईको बम बर्सने अवस्थामा पुग्यो ।

राष्ट्रपति असदको शासनमा बढेको बेरोजगारी, भ्रष्टाचार र खुम्चँदो राजनीतिक स्वतन्त्रताविरुद्धको झिल्को उनले शासन सम्हालेको एक दशकपछि सन् २०११ को मार्चमा आइपुग्दा नागरिकका मन मनमा सल्कन पुग्यो ।

परिणाम दक्षिणी शहर डेराबाट शुरु भएको प्रदर्शनले क्रमशः प्रमुख शहरहरुमा आफ्नो प्रभुत्व देखाउन थाल्यो । अरब मुलुकहरुमा सल्किएको विद्रोह र दमनकारी शासकका ढल्दै गरेका सत्ता देखेका स्वतन्त्रताप्रेमी सिरियनहरुले असदलाई सत्ताच्यूत गराई छाड्ने प्रण गरे ।

तर पूर्णतः सैन्य बलमा शासन गरिरहेको असद सत्ता निहत्था नागरिकका मुड्कीभन्दा बलियो थियो । असदको दमन बढ्दै गएपछि अमेरिकासहितका पश्चिमाहरुले नागरिकको विद्रोहमा साथ दिने निर्णय गरे । असदले भने यसलाई विदेश समर्थित आतंकवादको संज्ञा दिए ।

आफ्नो प्रभाव क्षेत्रमा अमेरिकी प्रवेश नरुचाएको रुसले भने ‘न रहे बाँस, न रहे बाँसुरी’को शैलीमा विद्रोहीलाई ठेगान लगाउने गरी असद सत्तालाई साम, दाम, दण्ड, भेद सबैको सहयोग दिन थाल्यो । रुसको तुलनामा अमेरिकीहरुको सहयोग खुम्चँदो देखियो । रुसले सन् २०१५ आइपुग्दा त विद्रोहीविरुद्ध हवाई अभियान नै चलाएको थियो ।

त्यसमा विद्रोहीको शिविरमा तालिबानी र आइएसआई जस्ता इस्लामिक लडाकूहरु प्रवेश गर्न थालेपछि अमेरिका र उसका सहयोगीहरु खुला रुपमा सघाउन हच्कन थाले । परिणाम विद्रोहीको नियन्त्रणमा रहेका ठूला साना शहर एकपछि अर्को गर्दै असद सत्ताको हातमा पुग्न थाल्यो । सिरिया सरकारको प्रमुख समर्थक रुस र इरान हो भने टर्की, पश्चिमा शक्ति र केही अरब राज्यले यो बीचमा विपक्षीलाई सघाएका छन् ।

युद्ध आफै क्रूर र निर्मम त हुन्छ नै, आफ्नो नियन्त्रणमा आइसकेको पूर्वविद्रोही नियन्त्रित स्थानहरुमा पनि असद सत्ताको कोपभाजन असह्य रहेको बताइएको छ । चरम मानव अधिकारको हननको विषय न त राष्ट्रसंघमा सुनुवाई हुन सकेको छ न त वैश्विक र क्षेत्रीय शक्तिहरुले नै सम्बोधन गर्न सकेका छन् ।

सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स एसओएचआरका अनुसार सिरियन युद्धका कारण लाखौँ मानिस मारिनुका साथै २१ लाखभन्दा बढी सर्वसाधारण घाइते भएका वा स्थायी रूपमा अपाङ्ग बनेका छन् ।

युद्धअघि दुई करोड २२ लाख जनसंख्या रहेको सिरियामा आधाभन्दा बढीले घर छाडेर भाग्न विवश बनाइएका छन् भने हाल एक दशकपछि पनि त्यहाँको कूल जनसंख्या एक करोड ७८ लाख मात्र छ ।

युद्धको पीडा सहन नसकी करिब ७० लाख सिरियन त छिमेकी लेबनन, जोर्डन र टर्कीको शरणार्थी शिविरमा आश्रय लिन बाध्य भएका छन् ।

राष्ट्रसंघका अनुसार त्यहाँ एक करोड ३४ लाख मानिसलाई कुनै न कुनै किसिमको मानवीय सहायता आवश्यक परेको छ । एक करोड २० लाख मानिस त दैनिक खानाकै लागि सङ्घर्षरत छन् ।

सामान्य स्वास्थ्य सेवासमेत नागरिकले पाउन नसकेका बेला विश्वव्यापी महामारी कोरोना भाइरसले कति क्षती पुग्यो भन्ने त कुनै तथ्यांक नै छैन । एजेन्सीहरुको सहयोगमा