मलेसियाका खेलाडीलाई हराउँदै प्रिन्स क्वार्टरफाइनलमा • Image Khabar Image Khabar


मलेसियाका खेलाडीलाई हराउँदै प्रिन्स क्वार्टरफाइनलमा


Imagekhabar
९ आश्विन २०७६, बिहीबार १६:१७

मलेसियाका खेलाडीलाई हराउँदै प्रिन्स क्वार्टरफाइनलमा

काठमाडौं, असोज ९ । युवा खेलाडी प्रिन्स दाहाल काठमाडौंमा जारी अन्नपूर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार भएको अन्तिम १६ को खेलमा मलेसियाका डाटु मोहद साह इज्लान हार्दिकलाई १५–२१, २१–१७ र २१–१३ को सेटमा पराजित गर्दै प्रिन्स क्वार्टरफाइनलमा पुगेका हुन् ।

पहिलो सेट गुमाएपनि त्यसपछि लगातार दुई सेट जित्दै प्रिन्सले उपाधि दाबेदारी जारी राखे ।

पहिलो चरणमा ‘बाइ’ पाएका प्रिन्सले दोस्रो चरणको खेलमा भारतका अमेया ओकलाई २१–२३, २१–१४ र २१–१६ ले पाखा लगाएका थिए ।

सेमिफाइनल प्रवेशका लागि प्रिन्सले अब नेपालकै नवीन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रि–क्वार्टरफाइनलमा अस्ट्रेलियाका ड्यानियल फ्यानलाई २१–११ र २१–१४ को सोझो सेटमा पराजित गर्दै नवीनले प्रिन्सविरुद्धको क्वार्टरफाइनल भिडन्त तय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्