
कैलाली, असोज ८ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीका लागि गाडी हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बुधबार प्रदेश प्रहरी प्रमुख डीआइजी तारिणीप्रसाद लम्साललाई ९ ओटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयले तीन करोड ३२ लाख ९१ हजार रुपैयाँका ९ ओटा गाडी खरिद गरेको थियो ।
प्रतिगोटा ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
गाडी खरिद गरेको झन्डै ७५ दिनपछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो ।
प्रदेशका सबै जिल्लाहरुमा प्रहरीका लागि सवारी–साधन अभाव भइरहेका बेला प्रदेश सरकारले गाडी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्