
चितवन, असोज ८ । बाघको छालासहित चितवनमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–७ का ४३ वर्षीय दीपक भनिने चिरञ्जीवी सेन ठकुरी, पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर–२, सहलकोटका ३३ वर्षीय चुमबहादुर राना र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर–९ का २६ वर्षीय हिम भट्टचन छन् ।
मंगलबार साँझ उनीहरुलाई भरतपुर महानगरपालिकाको पुलचोकबाट प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्