चीनमा ९८ ओटा फुटबल मैदान बराबरको विशाल विमानस्थल सन्चालनमा • Image Khabar Image Khabar


चीनमा ९८ ओटा फुटबल मैदान बराबरको विशाल विमानस्थल सन्चालनमा


Imagekhabar
८ आश्विन २०७६, बुधबार १६:०९

चीनमा ९८ ओटा फुटबल मैदान बराबरको विशाल विमानस्थल सन्चालनमा

काठमाडौं, असोज ८ । चीनको ७०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजधानी बेइजिङमा ११ अर्ब डलरको लागतमा निर्मित विशाल अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आएको छ ।

राष्ट्रपति सी चिनफिङले बुधबार उद्घाटन गरेको डासिङ अन्तर्राष्ट्रिय विमानस्थल झन्डै सात लाख वर्गमिटर अर्थात् ९८ ओटा फुटबल मैदान बराबरको रहेको त्यहाँको सरकारी सन्चारमाध्यम ‘चाइना डेली’ले जनाएको छ ।

एअरपोर्ट काउन्सिलकाअनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो । एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ ।

तर, बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको अधिकारीहरूले बताउने गरेका छन् ।

डासिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ ।

सन् २०२५ भित्र उक्त विमानस्थल हुँदै १७ करोड यात्री बेइजिङ आउने अपेक्षा गरिएको छ ।

प्रसिद्ध वास्तुकार जाहा हादिदले विमानस्थलको नमुना बनाएका हुन् ।

विमानस्थल सन्चालनमा आएपछि न्यूयोर्क र लन्डनमा जस्तै बेइजिङमा पनि दुईओटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।

सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन् । (एजेन्सी)

चीनमा ९८ ओटा फुटबल मैदान बराबरको विशाल विमानस्थल सन्चालनमा

चीनमा ९८ ओटा फुटबल मैदान बराबरको विशाल विमानस्थल सन्चालनमा

प्रतिक्रिया दिनुहोस्