२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


बाल यौनदुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ


0
Shares

काठमाडौं, साउन ८ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौनदुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले नेपालमा आइ गरिब र विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौनदुराचार गर्ने फ्रान्सका ४२ वर्षीय क्रिस्टोपे गुइलियस र फ्रान्सकै ३८ वर्षीय मिशेल चुपाउलाई सोमबार गौशालाबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

उनीहरु पर्यटक भिसामा नेपाल आएर कागेश्वरी–मनहरा नगरपालिकास्थित एक घरमा बसेर बाल यौनदुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

उनीहरुले १० देखि १४ वर्षका बालबालिकालाई फुटबल, चकलेट, खेलकुदका सामग्री किनिदिनुका साथै पैसासमेत दिने र यौनदुराचार साथै अप्राकृतिक मैथुन गर्ने गरेको ब्यूरोले जनाएको छ ।

उनीहरुबाट हालसम्म ८ जना पीडित भएको उजुरी ब्यूरोमा आएको छ ।

पक्राउ परेका दुवैलाई जबर्जस्ती करणी महलको बाल यौनदुराचार अपराधअन्तर्गत् मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ । रासस