Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘रिफ्रेस’ हुन पत्नी सीतासहित दाहाल सिन्धुली पुगे


0
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित सिन्धुली जानुभएको छ ।राजनीतिक अवस्थाले तनावमा पर्नुभएका उहाँ रिफ्रेस हुन सिन्धुली पुग्नुभएको उहाँनिकट स्रोतले जनाएको छ ।

दाहालसँगै पत्नी सीता, प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत हुनुहुन्छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि खुशी भएका दाहाल सर्वोच्चको अर्को फैसलाले नेकपा एकीकरण खारेज गर्दै माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि तनावमा पर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेको माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन । राजनीतिक रुपमा निकै तनावमा रहनुभएका दाहाल आरामका लागि सिन्धुली गएको बताइएको छ । राजधानी