Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘उमेर पाको हुदैमा अभिनयको यात्रा समाप्त हुदैन’ : हास्यकलाकार पन्त


0
Shares

काठमाडौं । हास्यकलाकार सन्तोष पन्तले कला कहिले पुरानो नहुने बताएका छन् ।

इमेजसँग कुरा गदै कलाकार पन्तले कलाकारीता क्षेज्ञ धेरै ठुलो र फराकिलो क्षेत्र भएकाले उमेर पाको हुदैमा अभिनयको यात्रा कहिले समाप्त वा पुर्ण नहुने बताएका हुन् । हस्याकलाकारको रुपमा ख्याती प्राप्त पन्तले भने, ‘मेरो मृत्युशैयामा पुग्दा सम्म पनि चेतना भइराछ यसको अभियन यस्तो पो हुन्छ कि भनेर सोच्नुपर्छ ।’

आफुले गरिरहेको भन्दा फरक अभिनय गर्ने इच्छा रहेको पन्तले बताए । नँया नँया विषयविस्तुमा अभिनय गर्न सकिने बताउदै पन्तले अटिजम, क्यान्सर, अल्जाइमरलगायतका विषयवस्तुमा अभिनय गर्ने रहर रहेको बताए ।

कला समाजको ऐना भएकाले समाज भएको वास्तविक रुप कलामार्फत देखाइने पन्तको भनाई छ । हास्यकलाकारको भुमिका निर्वाह कठिन हुने भन्दै आफ्नो अनुभव सुनाए । ‘नेपालमा अझै पनि आफुले अभिनय गर्ने पात्रको बारेसमेत अध्ययन नगर्ने बानी छैन्,’ पन्तले भने अनुशासन , महिनति र अध्ययनशिन हुन जरुरी छ।’