३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


नेपालमा लागुऔषध दुर्व्यसनीको संख्या वार्षिक ११ प्रतिशतले बढ्दो


0
Shares

दीपक श्रेष्ठ र योगेश लामा (इमेज)

काठमाडौं, असोज ६ । पारिवारिक, सामाजिक र अन्य विभिन्न घटनाका कारण लागुऔषधको दुर्व्यसनीमा फस्ने युवाहरुको संख्या बढ्दै गएको छ ।

बढ्दो उमेरसँगै आउने परिवर्तन र महत्वाकांक्षा पूरा नहुँदा कतिपय युवा कुलतमा फस्ने गरेका छन् ।

नेपालमा खुला सीमा भएकाले नाकाबाटै लागुऔषध नेपाल भित्रने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय मुलुकभर लागुऔषध ओसारपसारका घटना वृद्धि भएका छन् । खुला सीमाका कारण तराईका विभिन्न स्थानबाट लागुऔषध नेपालमा भित्रनेक्रम बढेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषधका घटनामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार ३५९ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय ‘फर्मास्युटिकल्स’ लागुऔषध भित्रनेक्रम बढ्दै गएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामा बताउँछन् ।

लागुऔषध सेवनले व्यक्ति, घरपरिवारमात्र नभएर समाजलाई नै असर गर्ने भएकाले प्रहरीले बढ्दो दुर्व्यसनी तथा ओसारपसार कम गर्न सक्रिय भएर काम गरिरहेको छ ।

ब्यूरोले हालसम्म ९९ विदेशीसहित दुई हजार ५२२ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।

नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ता बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

भिडियो हेर्नुहोस्