Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


चीनले अनुदानमा दिएको खोप पनि ल्याउन सकेन नेपालले


0
Shares

काठमाडौं । नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बैइजिङमै थन्किएको छ ।

चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफै ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो ।

चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो ।

त्यसपछि माघ २३ मा चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग् टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फाष्ुन १७ मा ट्विट गर्दै थप ३ लाख डोज दिने जनाएकी थिइन् ।

चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो । तर आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन् । कान्तिपुर