 
	    एजेन्सी । रोमन क्याथोलिक चर्चले समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन नसकिने बताएको छ ।
रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनले जारी गरेको आस्थाको सिद्धान्तमा ईश्वरबाट पापलाई आशिर्वाद दिन असम्भव रहेको उल्लेख छ ।
तर सिडिएफमा समलैंगिक सम्बन्धमा रहेका ‘सकारात्मक पक्षहरु’ पनि उल्लेख गरिएको छ ।
गएको अक्टोबरमा रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु पोप फ्रान्सिसले समयौनिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताएका थिए ।
आफूमाथि बनेको वृत्तचित्रमा पोप फ्रान्सिसले समलैंगिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताउँदै समयौनिक दम्पतीका लागि सिभिल युनियनको व्यवस्था गरी कानूनी संरक्षण प्रदान गर्नुपर्ने उल्लेख गरेका थिए ।
यो पोप फ्रान्सिसले समलिंगी सम्बन्धमा गरेको अहिलेसम्मकै स्पष्ट टिप्पणी थियो । तर सिडिएफले समलैंगिक सम्बन्धलाई पुनः पापका रुपमा परिभाषित गरेको हो ।
भ्याटिकन सैद्धान्तिक मण्डलीले समयौनिक व्यक्तिको सम्मानका नाममा समलैंगिक व्यवहारलाई स्वीकृति वा समयौनिकहरुको विवाह या एकताका लागि आशिर्वाद दिन नसकिने उल्लेख गरेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्