बार्सिलोनाको जित, मेस्सीले गरे सर्बाधिक खेलमा सहभागिता जनाउने कीर्तिमानमा बराबरी « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


बार्सिलोनाको जित, मेस्सीले गरे सर्बाधिक खेलमा सहभागिता जनाउने कीर्तिमानमा बराबरी


0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गयराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । गयराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनन मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनी ग्रिजम्यानले र ओस्कार मिन्गुएजाले एक/एक गोल गरे । हुएस्काका लागि राफा मिरले एक गोल फर्काए । जितपछि दोस्रो स्थानमा फर्किएको बार्सिलोनाको २७ खेलबाट ५९ अंक भएको छ ।

५७ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ अंक छ । हुयस्का २० अंक जोडेर तालिकाको पुछारमा छ । यसैबीच यो खेलसँगै मेस्सीले बार्सिलोनाबाट ७६७ औँ खेलमा सहभागिता जनाएका छन् । योसँगै मेस्सीले बार्सिलोनाबाट सर्बाधिक खेलमा सहभागिता जनाउने जाभीको कीर्तिमानमा बराबरी गरेका छन् । एजेन्सी