
काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । दिउँसो नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएका छन् ।
बैठकको सूची तय गर्न हिजो बसेको कार्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष सकिएपछि सरकारले पेश गर्ने विभिन्न अध्यादेश अन्योलमा परेका हुन् ।
कार्य व्यवस्था परामर्श समतितिको बैठकमा कानुन मन्त्री नै अध्यादेश पेश गर्न तयार नभएको बताइएको छ ।
दफा ९३ लाई निलम्बन गरेर आजको बैठकमा अध्यादेश पेश गर्नेबारे कुरा उठे पनि कानुनमन्त्री लीला श्रेष्ठले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताएपछि त्यसबारेमा कुनै निर्णय नभएको हो ।
संसद नचलेको अवस्थामा सरकारले जारी गरेका आठवटा अध्यादेश प्रतिनिधिसभाको २३ गते बसेको पहिलो बैठकमै पेश हुनुपर्ने थियो ।
तर सो दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधकाबीच संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश मात्रै पेश भएको थियो ।
उक्त अध्यादेशविरुद्ध तीनवटा विरोधका सूचना दर्ता भएका छन्।
प्रतिक्रिया दिनुहोस्