२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विवादका विच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पेश


0
Shares

विराटनगर । प्रदेश १ को सभामा प्रमुख विपक्षी नेपाली काँग्रेसको अवरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पेश भएको छ ।

प्रदेश सभाको आजको बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थापाले विधेयक पेश गरेकी हुन ।

बैठक शुरु भएलगतै नेपाली काँग्रेसले विधेयक सच्याउन माग गर्दै रोस्ट्रम घेराउ गरी नाराबाजी गरेको थियो ।

प्रदेश सरकारले चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न कांग्रेसले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।