
काठमाडौं, साउन ८ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको सीटी स्क्यान मेसिन काम नलाग्ने भएपछि बिरामीलाई समस्या परेको छ ।
गत बिहीबारबाट मेसिन सन्चालनमा आउन नसकेपछि बिरामीलाई सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।
निश्चित अवधि काम गरिसकेको सीटी स्क्यान मेसिनलाई बदल्नुपर्ने हुन्छ ।
अस्पतालमा निर्देशक नहुँदा मेसिन किन्ने प्रक्रिया अघि बढ्न नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दीपक महराले पारिवारिक कारण देखाउँदै गत बिहीबार राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्