विभिन्न स्थानमा प्रहरीको छापा, अनैतिक क्रियाकलापमा संलग्न २९ र जुवा खेलिरहेका १४ जना पक्राउ • Image Khabar Image Khabar


विभिन्न स्थानमा प्रहरीको छापा, अनैतिक क्रियाकलापमा संलग्न २९ र जुवा खेलिरहेका १४ जना पक्राउ


Imagekhabar
५ आश्विन २०७६, आईतवार ०७:३०

विभिन्न स्थानमा प्रहरीको छापा, अनैतिक क्रियाकलापमा संलग्न २९ र जुवा खेलिरहेका १४ जना पक्राउ

काठमाडौं, असोज ५ । नेपाल प्रहरीले ९७ हजार रुपैयाँ नगदसहित १४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे छन् ।

यसैगरी, शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा सङ्लग्न २९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्