२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


नेपालीको बचत क्षमतामा ह्रास, सरदर एक सय कमाउँदा ९१ रुपैयाँ खर्च


0
Shares

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ । अधिकांशले रोजगारी गुमाएर आम्दानीको स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो ।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन् । यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो । ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गाणेशप्रसाद आचार्यले भन्नुभयो ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ ।’

विभागले आधार वर्ष २०१०/११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो । नयाँ आधार वर्ष अनुसार सन् २०१८/१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९ /२० मा उभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो । यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ । नागरिक