कवितासंग्रह ‘आमा किरणहरुको छालमा’ विमोचित • Image Khabar Image Khabar


कवितासंग्रह ‘आमा किरणहरुको छालमा’ विमोचित


Imagekhabar
३ आश्विन २०७६, शुक्रबार १९:१२

कवितासंग्रह ‘आमा किरणहरुको छालमा’ विमोचित

काठमाडौं, असोज ३ । गीता कार्कीको कवितासंग्रह ‘आमा किरणहरुको छालमा’को शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।

वरिष्ठ साहित्यकार तुलसी दिवसलगायतले एक कार्यक्रमबीच सो कृतिको विमोचन गरेका हुन् ।

माता–पिताप्रति श्रद्धा–सम्मान तथा संरक्षणमा कमी आइरहेका बेला आमाको महत्व र गरिमामा आधारित भएर कवयत्री कार्कीले कवितासंग्रह तयार पारेकी हुन् ।

कवितासंग्रहमा आमालाई पृथ्वी र आकाशसँग तुलना गरिएको छ भने संसारको निस्वार्थ सम्बन्ध केवल आमासँगमात्र हुने तर्क गरिएको छ ।

कवितासंग्रहमाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार विष्णुविभू घिमिरे, एसपी कोइराला, किरण मान्धरलगायतकाले आमाको महिमाको थप चर्चा गरेका थिए ।

नारी साहित्य प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी कार्कीको यो तेस्रो संग्रह हो । 

प्रतिक्रिया दिनुहोस्