संघीयता खर्चिलो व्यवस्था भनेर गरिएको आलोचना गलत : मुख्यमन्त्री पोखरेल • Image Khabar Image Khabar


संघीयता खर्चिलो व्यवस्था भनेर गरिएको आलोचना गलत : मुख्यमन्त्री पोखरेल


Imagekhabar
३ आश्विन २०७६, शुक्रबार १७:१३

संघीयता खर्चिलो व्यवस्था भनेर गरिएको आलोचना गलत : मुख्यमन्त्री पोखरेल

बुटवल, असोज ३ । प्रदेश नम्बर–५ मा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।

शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुुख्यमन्त्री शंकर पोखरेलले संघीयता खर्चिलो व्यवस्था भनेर गरिएको आलोचना गलत भएको स्पस्ट पारे ।

उनले संघीयताले प्रशासनिक खर्च बढाएपनि जनताले सेवा लिने खर्च भने घटेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधान सफल पार्न सबै दल एकजुट हुनुपर्ने भन्दै मौलिक अधिकारको कार्यान्वयनमा सरकारले जोड दिने बताए ।

कार्यक्रममा विभिन्न भेषभूषा, जातजाति, भाषाभाषी, धर्म–संस्कृति झल्कने झाँकीसहितको र्‍याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्