२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


संविधानले गरेको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिन जरुरी : मुख्यमन्त्री भट्ट


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेको परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री भट्टले शुक्रबार धनगढीमा आयोजित समारोहमा संविधानले परिकल्पना गरेको जनताका अधिकारलाई सुनिश्चित गर्न सकिएमामात्र यो दिवस मनाउनुको औचित्य पुष्टि हुने बताए ।

नेपालको संविधान संसारकै एक उत्कृष्ट संविधान रहेको उल्लेख गर्दै उनले यसको पालना गर्नका लागि सबै दृढ भएर लाग्नुपर्ने बताए ।

राष्ट्र र राष्ट्रिय एकतालाई मजबुत् बनाउँदै यो प्रदेशलाई सबैको साझा फूलबारीकारुपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले नेपाली जनताका प्रतिनिधिले जारी गरेको नेपालको संविधान २०७२ संसारकै उत्कृष्ट संविधान रहेको बताए ।

समारोहमा स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो ।

मुख्य समारोहअघि बाजागाजा र झाँकीसहितको प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक, विद्यार्थी, सर्वसाधारणलगायतको सहभागिता थियो ।