
सोलुखुम्बु, फागुन २६ । कोभिडका कारण सुनसान बनेको सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटकको चहलपहल शुरु हुन थालेको छ ।
कोभिडको महामारी कम हुँदै जान थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम हिमालयहरुको दृश्यावलोकन गर्न आउने पर्यटकको घुँईचो दिन प्रतिदिन बढ्न थालेको हो ।
आरोहण सिजन पनि सुरु हुन लागेकाले खुम्बुमा पर्यटकको चहलपहल बढेको हो ।
यो सिजन शुरु भएपछि १५५ जना पर्यटक खुम्बु भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जको जोरसल्ले चेकपोष्टले जनाएको छ ।
सुनसान रहेको खुम्बुमा दैनिक पर्यटकको संख्या बढ्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्