२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


उपाधिमा ‘ह्याट्रिक’ गर्ने नेपालको दाबी


0
Shares

काठमाडौं, असोज २ । नेपाली टोलीले १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिमा ‘ह्याट्रिक’ गर्ने दाबी गरिएको छ ।

शुक्रबारदेखि काठमाडौंको हलचोक मैदानमा सुरु हुने तेस्रो संस्करणमा पनि उपाधि जित्नकै लागि मैदानमा उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए ।

पहिलो संस्करण नेपालमा र दोस्रो संस्करण भुटानमा भएकामा नेपालले नै उपाधि जितेको थियो ।

बिहीबार राजधानीमा आयोजित प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक श्रेष्ठले टोलीले डेढ महिनाको विशेष तयारी गरेकाले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुने दाबी गरे ।

नेपालले शुक्रबार माल्दिभ्ससित खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसित खेल्नेछ ।

समूह ‘बी’मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । अरु टोलीहरुले पनि योपटक उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।