काभ्रे, असोज २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारमा बसेर विदेश सयर गर्ने तर संविधान दिवसलाई कालो दिन भन्नु बेइमानी भएको बताएका छन् ।
बिहीबार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उनले संविधानलाई विभिन्न नाममा विवादमा तान्ने काम गर्न नहुनेमा जोड दिए ।
संविधान निर्माणकाक्रममा नागरिकताको विषयमा आफूमाथि भौतिक आक्रमण भएको स्मरण गर्दै उनले नेपालीको शीर झुक्न नदिने गरी नागरिकता ऐन संशोधन गरिने बताए ।
नेता डा. बाबुराम भट्टराईले सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदा दौरा–सुरुवाल मागेर लगाएर लज्जा प्रस्तुत गरेको भन्दै रावलले ‘परिवर्तनको नाममा नेपाली धर्म, संस्कृति र राष्ट्रिय पहिचानमाथि आक्रमण गर्न पाइँदैन’–भने ।
कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले नेपालीहरुको पहिचान र संस्कृतिमाथि राजनीति गर्नेहरुबाट सचेत बन्नुपर्ने अवस्था आएको बताए ।
प्रतिक्रिया दिनुहोस्