११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नरेश पक्राउ • Image Khabar Image Khabar


११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नरेश पक्राउ


Imagekhabar
२५ फाल्गुन २०७७, मंगलवार १३:१६

११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नरेश पक्राउ

काठमाडौं । सप्तरीमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुक रहेको प्रहरीले जनाएको छ ।

धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्