
प्रतीकात्मक तस्वीर ।
काठमाडौं । अमेरिकाले कोरोना विरुद्धको खोप लगाएका व्यक्ति बिना मास्क हिंड्न सक्ने जनाएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक स्वतन्त्र रुपमा विनामास्क हिँडडुल गर्न सक्ने जनाएको हो ।
सिडिसीले जारी गरेको मापदण्ड अनुसार खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग भेटघाट गर्न तथा सामान्य जनजीवनमा फर्कन सक्ने उल्लेख छ ।
खोपको दोस्रो मात्रा लगाएको दुई साता पश्चात पूर्णरुपमा सुरक्षित हुने सिडिसीले जनाएको छ । अमेरिकामा हालसम्म तीन करोड अमेरिकीले खोपको पूर्ण मात्रा लिइसकेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्