Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने


0
Shares

prem rai in akhtiyar

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका छन् ।

अन्य संवैधानिक निकायका पदाधिकारीहरुले पेन्सन र तलव सुविधा समेत लिइरहेको अवस्थामा अख्तियारका प्रमुख आयुक्त राईले राज्यबाट पाइरहेको निवृत्तभरण ( पेन्सन) सुविधा नलिने घोषणा गरेका हुन् ।

राइले २०७७ साल फागुन देखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउन थालेकाले सोही महिना देखि नै सरकारबाट पाइरहेको पेन्सन सुुविधा नलिने स्पष्ट पारेका हुन् ।

उनी २०७७ साल २१ माघमा अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । ३० वर्ष भन्दा बढि निजामती सेवामा काम गरिसकेका राई इमान्दार र स्वच्छ छविका प्रशासकका रुपमा परिचित छन् ।

प्रमुख आयुक्त राईले पेन्सन सुविधा नलिने घोषणा गरे लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको जानकारी निवृत्तभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई गराएको छ ।

अख्तियारको सो जानकारी सँगै निवृत्तभरण व्यवस्थापन कार्यालयले पनि प्रमुख आयुक्त राईले अपनं १३३४८४ बाट खाइपाई आएको निवृत्तभरण (पेन्सन) रकम रोक्का गरिएको जानकारी दिएको छ ।

राईको यो स्वघोषणासँगै संवैधानिक निकायका अन्य पदाधिकारीलाई पनि दोहोरो सुविधा नलिन नैतिक दवाव परेको छ ।राजधानी