सुर्खेत, असोज १ । कर्णाली प्रदेश सरकारले सामूहिक दुर्घटना बिमा कार्यक्रमको सुरुआत गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच बुधबार सम्झौता भइ सामूहिक बिमा कार्याक्रमको शुभारम्भ भएको हो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई थप राहत दिन बिमा कार्यक्रम लागू गरिएको बताए ।
कार्यक्रमअन्तर्गत् कर्णालीका हरेक नागरिकले एक लाख रुपैयाँको निःशुल्क बिमा सुविधा प्राप्त गर्नेछन् ।
त्यसैगरी, विपद् तथा दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रतिघर पाँच लाख रुपैयाँको बिमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले बिमा कार्यक्रमले कुनै दल र समूहलाईमात्र नभइ समग्र कर्णालीवासीलाई समेट्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्