घानासहित २० देशमा पुग्यो ‘कोभ्याक्स’को खोप • Image Khabar Image Khabar


घानासहित २० देशमा पुग्यो ‘कोभ्याक्स’को खोप


Imagekhabar
२२ फाल्गुन २०७७, शनिबार १८:३८

घानासहित २० देशमा पुग्यो ‘कोभ्याक्स’को खोप

एजेन्सी । कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका २० देशमा खोप पठाइएको छ । विश्वभरका २० गरिब देशमा सहायतास्वरूप करिब दुई करोड मात्रा खोप पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

‘कोभ्याक्स’ विश्व स्वास्थ्य संगठनले अनुदान स्वरूप विश्वका देशहरूलाई खोप उपलब्ध गराउने गरी स्थापना गरेको कार्यक्रम हो । यी खोपहरू यसै हप्ताको शुरुवातदेखि अफ्रिकाका देशहरूमा पठाइएको हो । अनुदानको खोप वितरण गर्ने कार्यक्रम घानाबाट शुरु भएको थियो ।

खोप वितरण अहिले निकै सानो जनसंख्यामा रहेको तर यसलाई पछि बढाइने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले खोप खरिद गर्न नसक्ने अवस्था रहेका अथवा खोपमा पहुँच नपुगेका गरिब देशहरूमा अनुदानस्वरूप खोप उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्