
काठमाडौं । सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालले महिला उद्यमीहरूको सीप र दक्षतालाई अभिवृद्धि गर्न नाइट बजार मेला आयोजना गरेको छ ।
यसअघि नै हुने भनिएको कार्यक्रम कोभिडका कारण रोकिएको थियो । २२ वटा स्टल राखिएको मेलामा महिला उद्यमीले निर्माण गरेका घरको सजावटदेखि हस्तशिल्पत गहना, खानाका स्टल मौलिक संस्कृति झल्कने उत्पादन राखिएको छ ।
नेपालमा बनाइएको उत्पादनको प्रदर्शन गर्दै स्थानीय उत्पादनहरूलाई प्रोत्साहित एवं प्रवर्द्धन गर्ने र कोरोना महामारीले संकटमा परेका उद्योगलाई पुनर्जीवन दिने उदेश्यले मेला आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्