
चितवन, असोज १ । चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ९४११ नम्बरको बसलाई नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको ना५ख ६६४७ नम्बरको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।
उक्त बसमा २९ यात्रु सवार रहेका थिए ।
नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्