१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लिभरपुल र चेल्सी पराजित, बार्सिलोना डर्टमण्डसँग बराबरीमा रोकियो


0
Shares

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा इंइङ्गलिस क्लबहरुले खराब सुरुवात गरेका छन् ।

साविक विजेता लिभरपुललाई गएराति इटालीको नापोलीले २–० ले हराउँदा अर्को इंग्लीश क्लब चेल्सी आफ्नै मैदानमा भ्यालेन्सियासँग १–० ले पराजित भयो ।

चेल्सीका रोस बार्क्लेले अन्तिम समयमा पाएको पेनाल्टी खेर फाल्दा क्लबले बराबरी गर्ने अवसर गुमाएको थियो । उता दावेदार बार्सिलोना पनि पहिलो खेलमा बराबरीमै रोकिएको छ ।

स्पेनिस महारथी बार्सिलोनालाई जर्मनीको बोरुसीया डर्टमण्डले गोलरहित बराबरीमा रोकेको हो ।

गएराति नदेरल्याण्ड्सको आयाक्सले फ्रान्सको लिल्लाई ३–० ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले पोर्चुगलको बेनिफिकामाथि २–१ को जित निकाल्यो ।

यसैगरी अष्ट्रियाको रेडबुल साल्जबर्गले बेल्जियमको गेन्कलाई ६–२ ले हराउँदा फ्रान्सको लियों र रुसको जेनिथ तथा इटालीको इन्टर मिलान र चेक गणतन्त्रको स्लाभिया प्रागले १–१ गोलको बराबरी खेले ।