सम्झौता खारेजीको माग • Image Khabar Image Khabar


सम्झौता खारेजीको माग


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार १६:४१

सम्झौता खारेजीको माग

काठमाडौं, भदौ ३१ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका सम्बन्धमा भारतीय कम्पनी ‘जीएमआर’सँग भएको सम्झौता खारेजीको माग गर्दै नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चाले मंगलबार काठमाडौंमा विरोध र्‍याली निकालेका छन् ।

माइतीघर मन्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर विरोधसभामा परिणत भएको थियो ।

नेपालले नै उक्त आयोजना निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली जनताकै पैसाबाट आयोजना निर्माण गर्न सेयरका लागि आह्वान गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्