२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


थप १०७ संक्रमित, ७८ जना संक्रमणमुक्त


0
Shares

काठमाडौं, फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ ।

हाल ७ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।