कोरोनाबाट मृतकको संख्या थप ९३२ • Image Khabar Image Khabar


कोरोनाबाट मृतकको संख्या थप ९३२


Imagekhabar
१९ फाल्गुन २०७७, बुधबार १८:१५

कोरोनाबाट मृतकको संख्या थप ९३२

काठमाडौं, फागुन १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको संख्या सच्याएको छ ।

मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शव सहितको मृतकको तथ्यांक थप गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ३२ जना गरेको हो ।

नेपाली सेना र स्वास्थ्य मन्त्रालयको विवरण मिलाएर संख्या थप गरेपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थपिएका छन् ।

३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८७ जनामा संक्रमण देखिएको हो ।

ती मध्ये काठमाडौमा ३९, ललितपुरमा १४ र भक्तपुरका ३ जना रहेका छन् ।

यो सँगै देशभर २ लाख ७४ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६२ जनाले कोरोना संक्रमण जितेका छन् ।

देशभर २ लाख ७० हजार ६ सय ५ जनाले संक्रमण मुक्त भएका छन् ।

देशभर ७ सय ६६ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्