प्रधानमन्त्रीको अभिव्यक्तिः स्वार्थसिद्धिका लागि सुरक्षा संयन्त्रमाथि प्रश्न ? • Image Khabar Image Khabar


प्रधानमन्त्रीको अभिव्यक्तिः स्वार्थसिद्धिका लागि सुरक्षा संयन्त्रमाथि प्रश्न ?


खिलनाथ ताजपुरिया
१८ फाल्गुन २०७७, मंगलवार २०:०१

प्रधानमन्त्रीको अभिव्यक्तिः स्वार्थसिद्धिका लागि सुरक्षा संयन्त्रमाथि प्रश्न ?

खिलनाथ ताजपुरिया
काठमाडौं । पछिल्लो समय देश दौडाहामा लाग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सुरक्षा खतरा रहेको अभिव्यक्ति दिनुले देशको सुरक्षा संयन्त्रमाथि नै अविश्वासको परिस्थिति उत्पन्न भएको छ ।

देशको कार्यकारी प्रमुख जस्तो व्यक्तिले असुरक्षित महसुस गर्दा समग्र देशको शान्ति सुरक्षाप्रति पनि प्रश्न उठ्ने खतरा देखिएको छ । प्रधानमन्त्री ओलीको सुरक्षाका निमित्त राष्ट्रिय अनसन्धान विभागसहित चारवटै सुरक्षा प्रणाली अहोरात्र खटिएको देखिन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षाका निमित्त प्रहरी नायब उपरीक्षकको नेतृत्वमा हाल ६० बढी प्रहरी खटाइएका छन् । तर, ओलीले असुरक्षाको कुरा गरेर सुरक्षामा खटिनेहरूलाई नै हतोत्साहित गरेको पूर्व डीआइजी हेमन्त मल्ल बताउनुहुन्छ ।

यता, प्रति–आतंकवाद सुरक्षा अध्ययता नारायण अधिकारीले पनि प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट नभएको दाबी गर्नुहुन्छ । प्रधानमन्त्री ओलीले सरक्षा भन्दा पनि राजीतिक दृष्टिकोणबाट त्यस्तो अभिव्यक्ति दिनुभएको अधिकारीको भनाइ छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका कारण पनि राजनीतिज्ञहरू जनताबाट सस्तो लोकप्रियता आर्जन गर्न यस्ता अभिव्यक्तिहरू दिन उत्साहित हुनु दुर्भाग्यपूर्ण भएको पूर्वमुख्य सचिव डा.विमल कोइराला बताउनुहन्छ ।

राज्यको माथिल्लो ओहोदामा बसेका ब्यक्तिहरूबाटै सुरक्षा खतरा महसुस गर्ने हो भने सर्वसाधारणको सुरक्षाको अवस्था कस्तो होला भन्ने प्रश्न झन् अहम् बन्दछ । त्यसैले संवेदनशील विषयलाई राजनीतिक स्वार्थ सिद्धिको पाटो नबनाउनु नै सबैका लागि हितकर हुन्छ भन्ने कुरा राजनीतिकर्मीहरूले पनि बुझ्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्