२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


घर छाउने ढुङ्गा र स्लेटलाई बजारको अभाव


0
Shares

रुकुम । घर छाउने ढुङ्गा र स्लेटको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको वेवास्ताका कारण ओझेलमा परेको छ ।

गाउँको भीरालो पाखोमा विदेशबाट आयातित भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेपनि सम्बन्धित निकाएको ध्यान जान सकेको छैन ।

प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने देखिन्छ ।

रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीयले जनाएका छन् ।